पोर्चुगलको मुख्य प्रशिक्षकमा रोबर्टो मार्टिनेज

पोर्चुगलले फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै मार्टिनेजलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

नेपालभ्युज

पोर्चुगलको मुख्य प्रशिक्षकमा रोबर्टो मार्टिनेज

काठमाडौं। रोबर्टो मार्टिनेज पोर्चुगल राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

स्पेनका मार्टिनेजले पोर्चुगलसँग साढे तीन वर्षको लागि सम्झौता गरेका हुन्।

पोर्चुगलले फर्नान्डो सान्तोसलाई बर्खास्त गर्दै मार्टिनेजलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।

कतार विश्वकपको क्वाटरफाइनलबाट पोर्चुगल बाहिरिएपश्चात सान्तोसलाई बर्खास्त गरिएको थियो।

सोही स्पर्धामा समूह चरणबाट बेल्जियम बाहिरिएपश्चात मार्टिनेजले मुख्य प्रशिक्षकको पदबाट राजिनामा दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved