विद्यालयको लापरबाहीले छात्राको मृत्यु भएको भन्दै मिर्चैयामा प्रदर्शन, ३ राउन्ड हवाइफायर

नेपालभ्युज

विद्यालयको लापरबाहीले छात्राको मृत्यु भएको भन्दै मिर्चैयामा प्रदर्शन, ३ राउन्ड हवाइफायर

सिरहा। विद्यालयको लापरबाहीले छात्राको मृत्यु भएको भन्दै विद्यार्थी र अभिभावकहरूले विरोध प्रदर्शन गरेका छन् ।

विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेपछि खुलाउन प्रहरीले तीन राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । राजमार्गको अवरोध खुलाउने क्रममा स्थानीयले गरेको ढुंगामुढाबाट पाँच जना प्रहरी घाइते भएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको औषधि खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको थियो ।

स्प्रिट पिएर शुक्रबार बिरामी परेकी महराको सिरहाको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार राति १२ बजेतिर मृत्यु भएको थियो ।

उनको मृत्युपछि आक्रोशित विद्यार्थीहरूले आइतबार बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved