टिमुर एक मसला मात्र होइन, धेरै छन् औषधीय गुण

नेपालभ्युज

टिमुर एक मसला मात्र होइन, धेरै छन् औषधीय गुण

एजेन्सी । हामीले खानामा विभिन्न खाले मसलाहरुको प्रयोग गर्छौं । जसमध्ये एउटा हो टिमुर । यसलाई पनि हामीले दिनहुँ कतै न कतै प्रयोग गरिरहेका हुन्छौं । नेपालमा टिमुर अचारको रूपमा बढी प्रयोग हुन्छ ।

यो छोइला र मासुमा पनि हालिन्छ । टिमुरले मसला मात्रै नभएर अन्य औषधीय गुण पनि बोकेको हुन्छ । हेरौं यसलाई सेवन गर्दा कस्ता फाइदाहरु हुने गर्दछन् ।

  • टिमुरलाई विभिन्न औषधिका रूपमा प्रयोग गरिन्छ । हैजा, ज्वरो र पेटको विकार ठीक गर्न टिमुर लाभदायक हुन्छ ।
  • टिमुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ ।
  • जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ ।
  • गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।
  • युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिमुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।
  • चीनमा टिमुर एक प्रमुख मसलाका रूपमा भएको हुन्छ । टिमुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टर सेफहरूको भनाइ छ । साथै, थाइल्यान्डमा समेत यो औषधिका रूपमा प्रयोग गरिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved