सम्पन्न हुनुपर्ने मितिमा आयोजना सुरू नै भएन, अध्यक्ष राईले गरे ताकेता !

नेपालभ्युज

सम्पन्न हुनुपर्ने मितिमा आयोजना सुरू नै भएन, अध्यक्ष राईले गरे ताकेता !

सोलुखुम्बु । सोलुखुम्बुमा सम्पन्न भइसक्नुपर्ने दुईवटा मोटरेबल पुल निर्माणको विधिवत् सुरुवात अझै भएको छैन । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाभित्र बनिसक्नुपर्ने दिप्लीघाट र बर्खुघाट मोटरेबल पुल निर्माणको विधिवत् सुरुवात अझै नभएको हो ।

निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका रवि सिंहको निर्माण कम्पनी महादेव खिम्ति हिराचन जेभीले ठेक्का पारेको तर, आयोजना थालनीमा विलम्ब गरिरहेको भन्दै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सिंहको ध्यानाकर्षण गराएका छन् ।

विभिन्न माध्यम तथा प्रत्यक्ष भेटेरै पनि ध्यानाकर्षण गराएको उल्लेख गर्दै अध्यक्ष राईले कम्पनीले बुझ पचाइरहेको ठहर गरेका छन् । ‘आयोजना निर्माण भइसक्नुपर्ने अवधि बितिसक्दासमेत काम सुरू नै नगरेको तथा फोन, म्यासेज र प्रत्यक्ष भेटघाट गरेर अनुरोध गर्दासमेत बेवास्ता गरी कम सुरू नगरेको हुनाले तपाईंको ध्यानाकर्षण गराउँदछु,’ उनले भनेका छन् ।

२०७५ असार २४ गते सम्झौता भएको दिप्लीघाट मोटरेबल पुल २०७८ असार २३ भित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर, आजसम्म सुरू नै भएको छैन । यस्तै २०७७ भदौ १० सम्झौता भएको बर्खुघाट मोटरेबल पुलको निर्माण कार्य ३३ महिनाभित्र सम्पन्न भइसक्नुपर्नेमा अझै सुरू भएको छैन ।

यी पुलहरू क्रमशः १० करोड १८ लाख र ११ करोड ६० लाखको लागतमा बनिसक्नुपर्ने थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved