नयाँ दिल्लीमा मेयरको चुनाव हुँदै, दुवै महिला उम्मेदवार

नेपालभ्युज

नयाँ दिल्लीमा मेयरको चुनाव हुँदै, दुवै महिला उम्मेदवार

काठमाडौं । भारतको राजधानी शहर नयाँ दिल्लीमा आज मेयर र उपमेयरको चुनाव हुँदैछ । तर, चुनाव प्रत्यक्ष मतदानबाट नभएर नगर विकास निगमका पार्षद बीचबाट हुने गर्दछ ।

अर्थात् दिल्ली नगर विकास निगमको निर्वाचन संसदीय प्रणाली अनुरुप हुने गर्दछ । नगरविकास निगमको कुल परिषद संख्या २७३ रहेको छ । यसभित्रबाट निर्वाचित हुन मेयर उपमेयरले न्यूनतम् १३३ भोट हासिल गर्नु पर्ने छ ।

प्रदेशको सत्तारुढ दल आम आदमी पार्टीसँग एक्लै १३४ सिट भएकाले उसैले मेयर र उपमेयरमा चुनाव जित्ने अपेक्षा गरिएको छ । तर, आपसँग झिनो बहुमत रहेको कारणले भाजपाले पनि उम्मेद्वारी दिएको छ ।

आपबाट शैली अबेराय र भाजपाबाट रेखा गुप्ता मेयर पदका लागि उम्मेद्वार छन । भारतीय राष्ट्रिय कांग्रेसले भने उम्मेद्वारी दिएको छैन । कांग्रेससँग परिषदमा ९ सिट मात्रै छ । कांग्रेसले आपको मेयर चुनियोस भन्ने जनताको चाहना भएको हुँदा आफ्नो पार्टीले उम्मेद्वारी नदिएको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved