आहा रारा पोखरा गोल्डकप

चर्च ब्वाइजलाई हराउँदै भुटनीज क्लब फाइनलमा

नेपालभ्युज

चर्च ब्वाइजलाई हराउँदै भुटनीज क्लब फाइनलमा

काठमाडौं । भुटनीज युथ सकर क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै भुटनीज सकरले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा रोजिन प्रजापतिले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको थियो ।

प्रतियोगिताको उपाधिको लागि भुटनीज सकर र संकटा क्लबबीच भिडन्त हुनेछ । बुधबार एपीएफलाई हराउँदै संकटा फाइनलमा पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved