आउटरिचले जित्यो विश्वस्तरीय २ पदक

नेपालभ्युज

आउटरिचले जित्यो विश्वस्तरीय २ पदक

काठमाडौं । चीनमा सम्पन्न भएको ईसीआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रोडक्ट एण्ड मोडेल इन्नोभेसन र मार्केटिङ इन्नोभसन गरी २ विधामा कास्य पुरस्कार जितेको छ ।

ग्लोबल ईसीआई अवार्ड्स २०२२ को विजेताहरूको घोषणा ३० डिसेम्बर २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरू प्रोडक्ट एण्ड मोडेल इन्नोभसन, मेटाभर्स एप्लिकेशन र मार्केटिङ इन्नोभेसनतर्फ स्वर्ण, रजत र कास्य अवार्ड विजेता देशहरूमा हङकङ, स्विट्जरल्याण्ड, इटली, क्यानडा, नेपाल, अमेरिका, बेलायत, साउदी अरेयिबा, अष्ट्रेलिया लगायतका देशहरु रहेका छन् ।

समारोहमा ईसीआई अवार्डका अध्यक्ष लिजुन जिया (डा. ओभेन) ले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए ।
ईसीआई अवार्ड नवप्रवर्द्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved