सांसदद्वय आले र राईको शपथ आज

नेपालभ्युज

सांसदद्वय आले र राईको शपथ आज

काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन्। सांसद द्वय आले र राईले दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ लिने संघीय संसद् सचिवालयले जनाएको छ।

उनीहरूलाई प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथग्रहण गराउने छन्।

यसअघि, पुस ७ गते राखिएको प्रतिनिधिसभाका सदस्यहरूको शपथग्रहण समारोहमा छुटेका नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद आले र कांग्रेसबाट निर्वाचित सांसद राईले आज शपथ लिन लागेका हुन्।

शपथग्रहण समारोहका बेला आले पारिवारिक शोकमा थिए भने राई सुत्केरी भई अस्पताल भर्ना भएकी थिइन्। सांसद राईले कांग्रेस संसदीय दलको निर्वाचनमा अस्पतालबाटै मतदान गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved