टी-२० लिगमा नेपालकै छवि धुमिल, खेलाडीले टस गर्नेसमेत मानेनन्

क्यानको भद्रगोल व्यवस्थापनका कारण क्रिकेटमा नेपालकै छवि धुमिल हुने खालका गतिविधि भएका छन् ।

नेपालभ्युज

टी-२० लिगमा नेपालकै छवि धुमिल, खेलाडीले टस गर्नेसमेत मानेनन्

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पहिलोपटक आयोजना गरेको टी-२० लिगमा नेपालकै बेइज्जत हुने खालका गतिविधि भएका छन् । क्यानको भद्रगोल व्यवस्थापनका कारण क्रिकेटमा नेपालकै छवि धुमिल हुने खालका गतिविधि भएका छन् ।

लिगको मूख्य लगानीकर्ता सेभेन थ्री स्पोर्टस नै सम्पर्कमा छैन । विभिन्न टिमका मालिक पनि सम्पर्कमा छैनन् । खेलाडीले पारिश्रमिक नपाउँदा खेल नै रोकिने अवस्था आएको छ । विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो ।

मङ्गलबार लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस नै गर्न मानेका छैनन् । निर्धारित समय अनुसार टस बिहान साढे ८ बजे हुनुपर्ने भएपनि सवा ९ बजेसम्म टस भएको छैन । दुवै टोलीले प्लेइङ ११ को कागज समेत भरेका छैनन् ।

खेलाडीहरुले पारिश्रमिक नपाएपछि नखेल्ने निर्णय लिएको एक खेलाडीले जानकारी दिए । सम्झौता अनुसार खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले कुनै रकम पाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved