पोर्न धेरै हेर्ने बानीका कारण यस्तो हानी हुनसक्छ

नेपालभ्युज

पोर्न धेरै हेर्ने बानीका कारण यस्तो हानी हुनसक्छ

एजेन्सी । हाम्रा आनीबानीले पनि हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ । खानपानमा लापरवाही गर्नुका कारण हाम्रो शरीरमा कैयौं स्वास्थ्य समस्या त देखिने गर्दछन् तर के तपाईंलाई थाहा छ केही हेर्ने बानी पनि तपाईंका लागि हानिकारक हुन सक्छ ।

खासगरी यदी पोर्न भिडिओ हेर्ने बानी बसेको छ भने पनि यो हानिकारक हुन सक्छ । आउनुहोस् जानौं धेरै पोर्न हेर्दाका बेफाइदा कस्ता छन् ।

यौन स्वास्थ्य प्रभावित हुन सक्छ

यदी तपाईं धेरै नै एडल्ट सामग्री हेर्नुहुन्छ भने यसले तपाईंको यौन स्वास्थ्यमा असर पार्दछ । यसका कारण तपाईंमा नपुंसकता, यौन सुन्तुष्टिमा कमी आउने जस्ता समस्या देखिन सक्छन् ।

साथै तपाईंलाई भावनात्मक रुपमा मानिसक स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ ।

सम्बन्धमा तिक्तता आउँछ

धेरै एडल्ट सामग्री हेर्ने व्यक्तिमा उदासिनता आउन थाल्छ । यस्ता सामग्री हेर्ने व्यक्ति आफ्नो पार्टनरबाट सन्तुष्ट हुन सक्दैनन् । जसले गर्दा उनीहरुबीच यौन सम्बन्धमा ह्रास आउँछ साथै मनमुटाव हुन थाल्छ ।

यसरी उनीहरुबीच भावनात्मक सम्बन्धमा पनि कमी आउन थाल्छ । यसको धेरै लत बस्न थाल्यो भने मान्छेले पार्टनरसँग बेइमानी, धोकाधडी पनि गर्न थाल्छ ।

मानसिक स्वास्थ्यका लागि नराम्रो

कैयौं अध्ययनबाट पत्ता लागिसकेको छ, धेरै एडल्ट सामग्री हेर्ने मानिसको दिमागमा पनि त्यस्तै असर पर्न थाल्छ ।

यस्ता व्यक्तिमा चिडचिडापन, रिस, आफूलाई काम नलाग्ने सोंच्ने खालको व्यवहार विकास हुँदै जान्छ । जसले गर्दा मानसिक स्वास्थ्य पनि बिग्रन सक्छ ।

क्रियाशिलतामा कमी

प्राय एडल्ट भिडिओ हेर्ने व्यक्तिको ध्यान नै त्यस्तै विषयमा हुन्छ अन्य काममा ध्यान जान छोड्छ । त्यस्तो अवस्थामा उक्त व्यक्तिका अन्य काम प्रभावित हुन्छन् ।

एउटा सर्वेक्षणमा देखिएको छ, जो व्यक्तिले त्यस्ता भिडिओ हेर्न बन्द गरे, उनीहरुमध्ये ६७ प्रतिशतले आफू पहिलाको तुलनामा धेरै नै उर्जाशिल तथा क्रियाशिल भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved