तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला

नेपालभ्युज

तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला

ल्हासा । चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मङ्गलबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ ।

कोभिड–१९ महामारीका कारण चार महिनाभन्दा बढी समयदेखि बन्द रहेको थियो ।

तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबार सर्बसाधारणका लागि खुला भएसँगै यहाँ आउने आगन्तुकहरूले मार्च १५ सम्म निःशुल्क प्रवेश गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।

तर भ्रमणका लागि एक दिन अगावै अनलाइन रिजर्भेसन आवश्यक पर्ने राजदरबारको प्रशासनले आइतबार जारी गरेको एक घोषणामा उल्लेख छ ।

दरबार हरेक दिन बिहान ९ः३० देखि अपराह्न २ः०० बजेसम्म खुला रहनेछ । पोताला महल प्राचीन वास्तुकलाको एक नमूना हो र एक लाखभन्दा बढी सांस्कृतिक अवशेषहरूको सङ्ग्रह स्थल हो ।

पोताला दरबार सातौं शताब्दीमा तिब्बती राजा सोंगत्सा गाम्बोले निर्माण गर्नुभएको थियो भने १७ औं शताब्दीमा पाँचौं दलाई लामाले विस्तार गर्नुभएको थियो । यो दरबार सन् १९९४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको थियो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved