स्वासलाई सुगन्धित बनाउने घरेलु उपाय

नेपालभ्युज

स्वासलाई सुगन्धित बनाउने घरेलु उपाय

एजेन्सी । मानिस जतिसुकै राम्रो कपडा जुत्ता लगाएर अनुहार चम्काएर तयार भएर कसैसँग प्रस्तुत भए पनि यदी बोल्दाखेरी मुखबाट नराम्रो गन्ध निस्कियो भने त्यो एकदमै लज्जास्पद मानिन्छ ।

मुखबाट जतिसुकै मिठा शब्द निस्किए पनि साथसाथै गन्ध पनि निस्कियो भने त्यो राम्रो मानिँदैन । यसले तपाईंको  व्यक्तित्व  नै तल खस्किन्छ । त्यसैले कसैसँग प्रस्तुत हुँदा यो कुराको पनि ख्याल राख्न जरुरी छ कि बोल्दा कतै मुखबाट गन्ध त निस्किएको छैन ।

स्वास गन्हाउनुका पछाडि धेरै कारणहरु हुन सक्छन् । कतिपयले राम्रोसँग दाँत नधोएको हुन सक्छन् भने कतिपयलाई शरीरको भित्री अंग केही खराबी वा रोगका कारणले पनि स्वास गन्हाउने गर्दछ । कारण जे भए पनि तपाईं त्यसलाई निवारण गर्न सक्नुहुन्छ । यदी स्वास गन्हाउने समस्या पुरानो छ भने तपाईं तुरुन्त डाक्टरसँग सल्लाह लिन सक्नुहुन्छ । तर यदी कहिलेकाँही यस्तो समस्या आउँछ भने हामी आज तपाईंलाई स्वास गन्हाउँदा आफैले कसरी त्यो समस्याबाट छुट्कारा पाउन सकिनेछ बताउनेछौं ।

१. सुकमेललाई मुख गन्हाउने औषधिको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । खाना खाइसकेपछि एउटा सुकमेल मुखमा च्याप्ने बानीले मुख गन्हाउने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।
२. खानापछि धनियाँको पात चपाउने गर्नुपर्छ । धनियाँले सासलाई फ्रेस बनाउनुका साथै दुर्गन्ध हटाउने काम गर्छ ।
३. ल्वाङलाई रुघाखोकी ठीक पार्ने उपायका रूपमा धेरैले लिने गर्छन् । तर, यसको प्रयोगले स्वासलाई स्वच्छ र सुगन्धित पार्न पनि मद्दत गर्छ ।
४. प्राकृतिक रूपमा स्वास गनाउने समस्याबाट टाढा रहन पुदिनाको प्रयोग गर्न सकिन्छ । पुदिनाको पातलाई प्राकृतिक माउथ फ्रेसनरको रूपमै लिने गरिन्छ ।
५ .अम्बा र अनार खाने गरेमा स्वस्थ श्वासप्रश्वासमा निकै ठूलो भूमिका खेल्छ । यी चिजको नियमित प्रयोगले श्वासलाई स्वच्छ राख्नुका साथै पाचन प्रणालीमा समेत सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved