मेनिक्योर : घरमै हात मुलायम बनाउनुहोस्

नेपालभ्युज

मेनिक्योर : घरमै हात मुलायम बनाउनुहोस्

एजेन्सी । हातलाई सुन्दर र आकर्षक बनाउन तपाईले पनि मेनिक्योर गराउनुहुन्छ होला र यसको लागि पार्लरमा धेरै पैसा पनि सक्नुहुन्छ होला ।

साँझबिहान काम गर्ने तपाईको हातलाई हेरचाह गर्न समय समयमा मेनिक्योर गराउनु राम्रो हो । तर यसको लागि तपाई हरेक पटक पार्लर गएर पैसा नोक्सान गर्नुपर्ने जरुरी छैन ।

किनकि तपाई आफै घरमै सजिलोसँग मेनिक्योर गर्न सक्नुहुन्छ । हामी तपाईलाई बताउँछौं घरमै कसरी मेनिक्योर गर्ने ।

जरुरी सामग्री

मेनिक्योर गर्नका लागि सबैभन्दा पहिला हल्का मनततो पानीको आवश्यकता हुन्छ । यसपछि तपाईलाई मेनिक्योरको लागि एक्सफ्लोयटिङ क्रिमसँगै नेल ब्रस, मोयश्चराइजर, नेलकटर, नेल फाइलर र क्यूटिल्स निकाल्ने यन्त्रको आवश्यकता पर्दछ ।

कसरी गर्ने मेनिक्योर

मेनिक्योर गर्ने एउटा पूरा प्रक्रिया हुन्छ । यदी यो प्रक्रिया पूरा गर्नुभयो भने असर राम्रोसँग देखिन्छ । हेरौं मेनिक्योर गर्ने तरिका ।

नेल पेन्ट सफा गर्नुहोस्

सबैभन्दा पहिला नङमा लगाएको नेल पेन्टलाई रिमूभरको सहायताले सफा गर्नुहोस् । केही रिमुभरले नङ तथा वरिपरिको भागलाई सुख्खा बनाउने पनि गर्छ । त्यसैले ध्यान दिनुहोस्, ऐसिटोनयुक्त रिमुभर प्रयोग नगर्नुहोस् किनकि यसले नेल पेन्टलाई सफा गर्नुका साथै नङलाई नोक्सान पनि पुर्‍याउन सक्छ ।

नेल फाइल गर्नुहोस्

नङलाई आफ्नो रुची अनुसारको लम्बाई राखेर काट्नुहोस् । यसलाई एकदमै छोटो भने नगर्नुहोला । यसप्रकार काट्नुहोस् कि नङको सेतो भाग देखियोस् जसले गर्दा तपाईको हातको लुक पनि खराब हुँदैन ।

नङलाई फाइल गर्नुहोस् । यसले नङलाई बलियो बनाउनुका साथै टुक्रिनबाट रोक्छ । ध्यान दिनुहोला नङलाई आफ्ना औंलामा सुहाउने तरिकाले नै काट्नुहोला ।

हल्का मनतातो पानीमा हात राख्नुहोस्

हल्का मनतातो पानीमा माइल्ड शैम्पु मिलाउनुहोस् । केहीबेर हातलाई त्यसमा डुबाएर राख्नुहोस् । नङलाई सफा गर्न एउटा राम्रो ब्रशको प्रयोग गर्नुहोस् । यदी नङमा पहेँलोपन वा दाग धेरै छ भने पानीमा नुन र शैम्पु राखेर फेरि सफा गर्नुहोस् ।

क्यूटिल्स निकाल्नुहोस्

सुकेको नङमा क्यूटिल्स क्रिम लगाउनुहोस् । यसैसाथ क्यूटिल्स निकाल्ने यन्त्रको प्रयोग गर्नुहोस् । कहिल्यै पनि क्यूटिल्सलाई काट्नु जरुरी हुँदैन । यो तपाईलाई दुख्न सक्छ ।

क्यूटिल्स निकाल्दा विशेष ध्यान दिन जरुरी हुन्छ । मरेको वा माथि आएको छालालाई मात्र निकाल्नुहोला ।

स्क्रब गर्नुहोस्

हातको छाला एकदमै कोमल हुन्छ त्यसैले माइल्ड स्क्रबको प्रयोग गर्नुपर्छ । यसले हातमा जमेका मृत कोषिकाहरु हट्छन् र छाला कोमल हुन्छ ।

ह्यान्ड क्रिमले मसाज गर्नुहोस्

स्क्रबिङपछि हातलाई सफा पानीले धुनुहोस् र सफा तौलियाले पुछ्नुहोस् । त्यसपछि कुनै राम्रो ह्यान्ड क्रिमले हातलाई मसाज गर्नुहोस् । यसले छालामा रक्तसञ्चार बढ्छ र हात सुन्दर देखिन्छन् ।

नेलपेन्ट लगाउनुहोस्

यदी तपाईलाई नेलपोलिस लगाउनु छ भने पहिला बेसबाट सुरु गर्नुहोस् । एक कोट लगाएपछि यदी नेलपोलिस बाहिर छालामा लागेको छ भने पेपर टावलले पुछ्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved