पोखरापछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउँछौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको र आफ्नो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिने बताउँदै छिट्टै निजगढ विमानस्थलको काम पनि अगाडि बढाउने बताए ।

नेपालभ्युज

पोखरापछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउँछौं : प्रधानमन्त्री प्रचण्ड

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। आइतबार दिउँसो उप्रप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, नेपाल सरकारका मुख्यसचिव दामोदर वैरागीसहित पोखरा पुगेका प्रधानमन्त्री प्रचण्डले सो विमानस्थल उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तपाईंहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो।  प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’

उनले आजको जमाना कनेक्टिभिटिको जमाना भएकाले हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य  भएको र पोखरा विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्त्वपूर्ण योगदान गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको र आफ्नो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिने बताउँदै छिट्टै निजगढ विमानस्थलको काम पनि अगाडि बढाउने बताए ।

उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनीका अधिकारीहरूले सम्बोधन गरेका थिए।

पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा परिकल्पना गरिएको विमानस्थल झण्डै साढे पाँच दशकपछि पूरा भएपछि पोखराका बासिन्दामा खुसीयाली छाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved