दलित समुदायको सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग

इलाका प्रशासन कार्यालय खोटाङबजारमा माग–पत्र बुझाउँदै सम्मानजनक नाम र थरको माग गरेका हुन्। राष्ट्रिय दलित आयोगको सूचीमा रहेको थरका आधारमा नागरिकता र अन्य पञ्जिकरण कागजात इलाका प्रशासन कार्यालय खोटाङबजारमा बुझाइएको छ।

नेपालभ्युज

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाका दलित समुदायले अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन्।

इलाका प्रशासन कार्यालय खोटाङबजारमा माग–पत्र बुझाउँदै सम्मानजनक नाम र थरको माग गरेका हुन्। राष्ट्रिय दलित आयोगको सूचीमा रहेको थरका आधारमा नागरिकता र अन्य पञ्जिकरण कागजात इलाका प्रशासन कार्यालय खोटाङबजारमा बुझाइएको छ।

थरका आधारमा नागरिकता र अन्य पञ्जिका कागजात सच्याएर प्रतिलिपि जारी गर्ने व्यवस्था कार्यान्वयनको माग गरेका हुन्।

गाउँपालिकाका दलित समुदायका अगुवा साने बिश्वकर्मा (एसबि), युवराज कालीकोटे, मनोजकुमार परियार, सुरेश विश्वकर्मा, रञ्जु परियार र कुमार विश्वकर्माको टोलीले दलितको थर परिवर्तन गर्ने सम्बन्धमा गृह–मन्त्रालयबाट विभिन्न समयमा जारी गरिएका निर्णय र परिपत्रलाई सकारात्मक ढङ्गबाट कार्यान्वयन गर्न निवेदन गरेका हुन्।

दलित समुदायको थर परिवर्तन गर्ने सम्बन्धमा गृह–मन्त्रालयले २०७९ पुस ३ गते सबै स्थानीय पञ्जिकाधिकारीलाई पत्राचार गरेको थियो।

गृह–मन्त्रालयले १६ वर्षमुनिका बालबालिकाको दलित जातीय थर प्रयोग गरी जन्मदर्ता भएकोमा सो परिवर्तन गरीदिन सुचक बस्नयोग्य सम्बन्धित व्यक्तिबाट निवेदन प्राप्त भएमा राष्ट्रिय दलित आयोगद्धारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरूमध्येबाट निवेदकले चाहेको थर राखी जन्मदर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने व्यवस्था छ।

बालबालिकाको थर परिवर्तनका साथै निजको बुवा, आमा वा सूचकको थर परिवर्तन गरिदिन निवेदन प्राप्त भएमा बुवा, आमा वा सूचकको नागरिकता प्रमाण–पत्रमा थर संशोधन भएको प्रमाण राखेर मात्रै थर परिवर्तन गरिदिने र १६ वर्षभन्दा माथिका व्यक्तिको घटना दर्ता प्रमाण–पत्रमा थर परिवर्तन गरिदिन आधिकारिक व्यक्तिबाट निवेदन प्राप्त भएमा नागरिकता प्रमाण–पत्र संशोधन भएको थर अनुसार थर परिवर्तन गरी प्रतिलिपि जारी गर्नका लागि पत्राचार गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved