बधाई र शुभकामनाको लागि समय माग नगर्न प्रचण्डको आग्रह

नेपालभ्युज

बधाई र शुभकामनाको लागि समय माग नगर्न प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको लागि समय माग नगर्न आग्रह गरेको छ ।

‘सम्माननीय प्रधानमन्त्री ज्युले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नुभएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएको छ,’ प्रचण्डको सचिवालयले बुधबार सामाजिक सञ्जालमार्फत् आग्रह गरेको छ ।

‘अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ सचिवालयले भनेको छ, ‘सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालय मार्फत पेश गरिदिन पनि आग्रह गर्दछौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved