नयाँ पार्टी घोषणा गर्दै प्रभु साह

नेपालभ्युज

नयाँ पार्टी घोषणा गर्दै प्रभु साह
फाइल तस्वीर

काठमाडौं। स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । नयाँ पार्टी सार्वजनिक गर्न उनले बिहीबार दिउँसो ३ बजे काठमाडौंको बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका हुन् ।

नेता साहले पार्टी गठनको तयारीका लागि अनौपचारिक छलफल गरिरहेको र  त्यसको निचोड आज सार्वजनिक गर्ने बताएका छन् ।

नेकपा एमाले छाडेर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साहले पार्टी गठन गरेपछि अग्रगामी शक्तिहरूसँग एकताका लागि सम्वाद गर्ने पनि बताए ।

माओवादी शसस्त्र युद्धमा सामेल भएका साह पछिल्लो पटक स्वतन्त्र रुपमा निर्वाचित भएका थिए ।

नेकपा भंग भएपछि उनले एमाले रोजेका थिए । तर, गत मंसिर ४ को निर्वाचन अगाडि साहले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्रमा प्रवेश गर्ने चर्चा पनि चलेको छ ।

नयाँ पार्टी बनाएर माओवादीसँग एकता प्रक्रिया अघि बढाउने साहको तयारी रहेको उनी निकटले बताएका छन् । साहले मन्त्री बन्ने आकांक्षा राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved