जाडोमा कपाल बाक्लो र छिटो बढाउने तरिका

नेपालभ्युज

जाडोमा कपाल बाक्लो र छिटो बढाउने तरिका

एजेन्सी । जाडोमा कपालको स्वास्थ्य एकदमै बिग्रने गर्छ । हावामा हुने रुखोपनले कपाल तथा शिरको छाला पनि रुखो हुन्छ । जसले गर्दा कपाल एकदमै कमजोर र रुखो देखिने गर्छ ।

साथै जाडोमा चायाँ पर्ने कारणले कपाल झर्दै पनि जान्छ । यस्तो चिसो दिनहरुमा पनि कपाललाई बाक्लो र बलियो बनाउन सकिन्छ । त्यसका लागि केही सजिला कपालको रेखदेख गर्ने घरेलु उपायहरु छन् जसलाई तपाईं सजिलै अपनाउन सक्नुहुन्छ ।

अमलाले कपाल बढाउनुहोस्

जाडोका दिनहरुमा अमलाको प्रयोग आँखा तथा कपाल दुबैका लागि एकदमै फाइदाजनक मानिन्छ । अमलामा प्रसस्त मात्रामा भिटामिन सी, भिटामिन ई र भिटामिन ए तथा क्याल्सियम पाइन्छ जसले कपाललाई एकदमै राम्रो बनाउँछ ।

यदी कपाल छिटो लामो र बाक्लो बनाउन चाहनुहुन्छ भने जाडोमा दिनहुँ अमला सेवन गर्नुहोस् । साथै अमलालाई कपालमा लगाउन पनि सकिन्छ ।

यसको रस बनाएर वा सुकाएर धुलो बनाएर विभिन्न तरिकाले यसलाई कपालमा लगाउन सकिन्छ । तपाईं अमलाको तेलले शिरको मासिल गर्न सक्नुहुन्छ ।

अण्डाको प्रयोग

जाडोमा अण्डा खाँदा शारीरिक स्वास्थ्य सँगै कपालको स्वास्थ्य पनि राम्रो हुन्छ । कपाल लामो बनाउनका लागि दिनहुँ एउटा अण्डा सेवन गर्नुहोस् । यसले शरीरमा प्रोटिनको मात्रा बढ्छ ।

यसका साथै अण्डाको मास्क बनाएर हप्तामा एकपटक कपालको जरामा लगाउन सकिन्छ । अण्डालाई फिटेर लगाउने त्यसपछि सफासँग स्याम्पु पानीले धुने । यसो गर्दा कपाल छिटो बढ्छ ।

हप्तामा एकपटक तेल मालिस 

जाडोमा कपाल रुखो हुने टुक्रिने समस्या हुन्छ त्यसैले हप्तामा एकपटक मालिस अनिवार्य बन्न जान्छ ।

कपालमा तेल लगाउँदा र टाउको मालिस गर्दा रक्तसञ्चार राम्रो हुन्छ र नयाँ कपालहरु पनि आउन थाल्छन् । तपाईं मालिस गर्दा अमला, नरिवल, जैतुन कुनै पनि तेलले गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved