अनुहार सुन्दर बनाउने ६ ‘टिप्स’

नेपालभ्युज

अनुहार सुन्दर बनाउने ६ ‘टिप्स’

१. दही र बेसारको मिश्रण बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहारलाई सफा पानीले धुनुहोस् । यस्तो गर्दा तपाईंको अनुहार सफा हुनुका साथै मुहारको चमक फर्किआउँछ ।

२. धुलो धुवाँ प्रदुषणले तपाईंको अनुहार एकदमै खराब भएको छ भने, बेसन, चन्दन र बेसारको लेप बनाएर यसलाई फेसप्याकको रुपमा दिनहुँ लगाउनुहोस् ।

३. गुलाब जलमा थोरै कपासलाई डुबाएर केहीबेर फ्रिजमा राख्नुहोस् । पहिला आफ्नो अनुहार सफासँग धोएपछि फ्रिजको कपासले हल्कासँग अनुहारमा मसाज गर्नुहोस् । यसले मुहारमा चमक आउनेछ ।

४. अनुहारको डेड सेल्स हटाउन फेसियल स्क्रबको प्रयोग गर्नुहोस् । जुन सजिलै घरमै बन्नसक्छ । यसको लागि एक चम्चा ओखरको पाउडर, एक चम्चा मह र एक चम्चा दहीलाई मिसाउने ।

उक्त लेपलाई केहीबेर अनुहारमा लगाएर छोड्ने र हातले सुस्तसुस्त गोलो गोलो गरी मसाज गर्ने त्यसपछि सफा पानीले मुख धुने । यसलाई हप्तामा दुई पटक गर्न सकिन्छ ।

५. अनुहारको चमक बढाउन फलफुलको प्याक पनि एकदमै सहायक हुन्छ । स्याउलाई पिसेर पाकेको मेवा र केरामा मिसाउने । यसमा दही अथवा कागतीको रस पनि मिसाउन सकिन्छ ।

उक्त पेस्टलाई अनुहारमा लगाई आधा घण्टा जति रहन दिने र त्यसपछि सफा पानीले धुने ।

६. यदि तपाईंको छाला एकदमै चिल्लो छ भने, मुल्तानी मिट्टीलाई गुलाव जलमा मिसाएर लेप बनाइ अनुहारमा लगाउनुहोस् । यसलाई आधा घण्टा सुक्न दिनुहोस् र सफा पानीले धुनुहोस् ।

यसले अनुहारको चिल्लोपन हटाई ताजापन दिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved