२२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको तयारी पूरा

नेपालभ्युज

२२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको तयारी पूरा

काठमाडौं। २२औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल कप प्रतियोगिताको तयारी पूरा भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सहारा क्लब पोखराले तयारी पूरा भएको जनाएको हो।

पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता पुस १४ देखि २३ सम्म आयोजना हुनेछ। टोलीमा १० टोलीको सहभागिता रहेको छ।

साविक विजेता एपीएफ क्लब, धरान फुटबल क्लब, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब यूएसए र संकटा क्लबको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। विभागततर्फ उत्कृष्ट पाँचलाई २५–२५ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार र ‘म्यान अफ द म्याच’ ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रि–क्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलको अधारमा टिकट मूल्य निर्धारण गरिएको छ। सामान्य प्यारापिटतर्फ प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ ।भीआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।

उद्घाटन खेलमा सहारा क्लब र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved