यी तीन झुठ बोल्दा तपाईंको सम्बन्ध राम्रो बन्न सक्छ

नेपालभ्युज

यी तीन झुठ बोल्दा तपाईंको सम्बन्ध राम्रो बन्न सक्छ

एजेन्सी । भनिन्छ सम्बन्ध विश्वासमा टिकेको हुन्छ । झुठले गर्दा दुई व्यक्तिको सम्बन्धमा दुरी पैदा गर्न सक्छ । त्यसैले झुठ बोल्नबाट बच्नुपर्छ । यदि तपाईं कुनै सम्बन्धमा हुनुहुन्छ र साथीसँग झुठ बोल्नुहुन्छ भने यसले तपाईको सम्बन्धमा दरार ल्याउन सक्छ । त्यही झुठ पछि गएर सम्बन्ध बिग्रिने कारण पनि बन्न सक्छ ।

तर कहिलेकाँही बोलिने झुठले सम्बन्धलाई राम्रो पनि बनाउन सक्छ । यी झुठ त्यति धेरै ठूला पनि छैनन् जसले सम्बन्धमा नै दरार ल्याउँछ । कतिपय झुठ सम्बन्धलाई राम्रो र प्रगाढ बनाउन मद्दत गर्ने खालका पनि हुन्छन् । जानौं ती झुठ के रहेछन् ।

खानाको प्रशंसा गर्नु

यदि साथीले तपाईंका लागि खाना पकाउँछ भने त्यसको प्रशंसा गर्नु कुनै प्रकारले गलत हुँदैन । साथीले पकाएको खाना तपाईंलाई त्यति धेरै मन नपर्न पनि सक्छ तर पनि प्रसंसा गरेर खुशी पार्न सक्नुहुन्छ ।

तपाईं उसलाई शंका नै हुने गरी झुठ नबोल्नुहोस् तर थोरै तलमाथि भएको अवस्थामा तपाईंले सानो झुठ बोलेर खानाको प्रशंसा गर्न सक्नुहुन्छ ।

उपहार मन परेको भन्ने

कैयौं पटक तपाईंका पार्टनरले यस्तो उपहार ल्याउँछन् जो तपाईंलाई मन नपर्न पनि सक्छ । यस्तो अवस्थामा उपहार मन नपरे पनि सिधासिधा मन परेन नभनेर तपाईंले त्यो स्वीकार गर्न सक्नुहुन्छ ।

उनले ल्याएको उपहारको प्रशंसा गर्नुहोस् यसले तपाईंलाई नै फाइदा हुन्छ । यदि तपाईंले सिधा सिधा मन नपरेको अभिव्यक्ति दिनुभयो भने अर्कोपटक तपाईंले उपहार पाउने सौभाग्य प्राप्त गर्नुहुने छैन ।

नयाँ चीज प्रयोग गर्दा बोल्ने झुठ

यदि तपाईंको साथीले नयाँ कुरा पहिलोपटक प्रयास गरिरहेको छ र त्यो उसलाई सुहाएको छैन भने पनि तपाईंले सही कुरा नगर्नुहोस् ।

यदि उसले केही नयाँ काम सुरु गर्दै छ भने पनि त्यसबारेमा नबुझेर हाँसोमा उडाउने काम नगर्नुहोस् यसले उसलाई काम गर्न उत्साही भन्दा पनि निरास बनाउँछ ।

जो तपाईंको सम्बन्धकै लागि पनि राम्रो नहुन सक्छ । उसलाई तिमीले गर्न खोजेको कुरा राम्रो छ भनेर झुठो प्रशंसा गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved