फ्रान्स पुगे चार्ल्स शोभराज

नेपालभ्युज

फ्रान्स पुगे चार्ल्स शोभराज
शुक्रबार नेपालबाट निकाला भएपछि फ्रान्स फर्किँदै चाल्स शोभराज, विमानमा विदेशी फोटो पत्रकारले खिचेको फोटो।

काठमाडौं। झण्डै दुई दशक नेपालको जेलजीवन बिताएका कुख्यात हत्यारा चार्ल्स शोभराज शनिबार फ्रान्स पुगेका छन् । ७८ वर्षीय शोभराजमाथि एसियामा धेरै विदेशी पर्यटकको हत्या आरोप छ । उनलाई बिकिनी किलर भनेर पनि चिनिन्छ ।

नेपालमा आजीवन कारावासको सजाय पाएका शोभराजलाई सर्वोच्च अदालतले बुढ्यौली उमेर, खराब स्वास्थ्य अवस्था, खराब आचरण नभएको र आफ्नो सजायको अधिकांश समय भुक्तान गरिसकेको आधारमा रिहा गर्ने आदेश दिएको थियो ।

सन् १९७५ मा अमेरिकी पर्यटक कोनी जो ब्रोन्जिचको हत्या आरोपमा सन् २००३ मा पक्राउ परेका थिए । पछि उनले ब्रोन्जिचका क्यानाडेली साथी लरेन्ट क्यारिएरीको पनि हत्या गरेकोमा दोषी पाइएको थियो । उनलाई सुनाइएको २० वर्षको सजायमध्ये १९ वर्ष काटिसकेका थिए ।यसैगरी, उनीमाथि भारतमा फ्रेन्च पर्यटक र थाइल्यान्डमा ६ जना महिलाको हत्या गरेको आरोप छ ।

फ्रान्स फर्किने क्रममा विमानमा एएफपीलाई दिएको अन्तरवार्तामा शोभराजले दुवैको हत्या आफूले गरेको अस्वीकार गरेका थिए । उनलाई नक्कली दस्तावेजको आधारमा दोषी ठहर गरेको उनको दाबी थियो । ‘मैले धेरै गर्न बाँकी छ, मैले धेरैविरुद्ध मुद्दा हाल्नुछ,’ शोभराजले भनेका थिए ।

प्रहरीलाई छक्याउन माहिर मानिएका शोभराजलाई ‘द सर्पेन्ट’ पनि भनिन्थ्यो । उनले कम्तीमा २० जना पर्यटकको हत्या गरेको मानिन्छ । भारतमा पक्राउ परेका उनी जेलबाट फरार भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved