एजेन्सी । जब मानिसले सोचेभन्दा विपरीत भइदिन्छ, त्यसपश्चात् उसमा निराशापन आउने गर्छ । जसले पछि गएर नकारात्मक सोचको विकास गर्छ ।
निराशापनले सोच र व्यवहारमा परिवर्तन ल्याइदिन्छ । यदि समयमै यसको सही समाधान भएन भने ठूलो समस्यासमेत निम्तिन सक्छ । अस्वस्थताको कारण नकारात्मक सोच पनि मानिन्छ ।
शारीरिक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबडीले गर्दा नकारात्मक सोच आउने गर्छ । जसले आत्मविश्वास हराउने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिन जस्तो लाग्ने, बोल्न डराउने र निरास हुने जस्ता लक्षण देखिन्छन् ।
यसको कारण र बच्ने उपाएबारे मनोविद्को भनाई के छ हेरौं ।
कारण
आफूले चाहेको कुरा पूरा नहुनु नकारात्मकताको मुख्य कारण हो । जसले गर्दा व्यक्तिमा निराशापन बढाइदिन्छ । फलस्वरुप सही निर्णय नलिने तथा व्यवहारमा नकारात्मक परिवर्तन हुँदै जान्छ ।
हरेक व्यक्तिले आफूले गरेको काममा प्रशंसा पाउन खोज्छ, तर कतिपय समयमा यो सम्भव हुँदैन । खासगरी, बालबालिका यस्तो अवस्थाबाट गुज्रने गर्छन् । कामको सही मुल्यांकन नहुँदा पनि नकारात्मकता बढेर जान्छ ।
हरेक व्यक्तिमा केही न केही गर्न सक्ने जैविक क्षमता हुन्छ । तर, हाम्रो समाजमा आफूले गर्न खोजेको कामभन्दा पनि अरुले महत्वपूर्ण ठानेको काममा बढी केन्द्रित हुने चलन छ ।
जसले गर्दा काममा फिट हुन सकिँदैन । बिस्तारै नकारात्मक सोचको विकास हुँदै जान्छ ।
वरपरको वातावरणले समेत व्यक्तिको दिमागमा असर परिरहेको हुन्छ । घरपरिवार, समाजमा हरेक विषयमा नकारात्मक सोच राख्ने वातावरण भएमा बालबालिकामा पनि त्यही तहको सोच विकास हुन्छ ।
बच्ने उपाय
नकारात्मक सोच आफ्नै लागि पनि घातक हुन्छ । नकारात्मक सोच बढ्दै गएपछि बाइपोलर डिसअर्डरजस्तो मानसिक रोग निम्तिन सक्छ । तसर्थ, सकारात्मक सोच विकास गर्ने प्रयत्न गर्नुपर्छ ।
आफ्नो क्षमता र रुचिअनुसारको काम गर्नुपर्छ । जसले सजिलै सफलता पाउन सकिने भएकाले निराशापनबाट बचाउँछ ।
नकारात्मक सोच आउन नदिन बच्चा हुर्काउँदादेखि नै विशेष ध्यान दिनुपर्छ । त्यस्तै, पढाइ र करिअर छनोटमा पनि दबाब नदिई अभिभावक र शिक्षकले सही मार्गदर्शन दिनुपर्छ ।
बारम्बार नकारात्मक सोचाई आउँछ भने योग, ध्यान तथा शान्त वातावरणमा बस्ने गर्नुपर्छ ।
Facebook Comment
Comment