मेगा बैंकको साधारणसभाद्वारा इन्भेस्टमेन्टसँगको मर्जरलाई अनुमति

नेपालभ्युज

मेगा बैंकको साधारणसभाद्वारा इन्भेस्टमेन्टसँगको मर्जरलाई अनुमति

काठमाडौँ । मेगा बैंकको वार्षिक साधारणसभाले नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न बैंकको १२औं वार्षिक साधारण सभाले मूल्यांकनकर्ताबाट प्राप्त दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसका आधारमा मेगा बैंकको १०० कित्ता सेयर बराबर मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी आपसमा गाभिने प्रस्ताव पारित गरेको हो ।

योसँगै नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरको बाटो खुलेको छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड रहने छ । साधारणसभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जरपछि दुवै बैंकको नाम र काम अनुसारको गरिमा उचो बनाउने कार्यलाई निरन्तरता दिइने बताए ।

यसैगरी साधारण सभाले सेयरधनीका लागि बोनस सेयरसहित ७.७९ प्रतिशत लाभांश पारित गरेको छ । साधारणसभालाई सम्बोधन गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले बैंकको ‘हलोदेखि हाइड्रोसम्म’को नारा सार्थक र सफल भएको बताइन् । उनका अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ खर्ब ५७ अर्ब ४४ करोड तथा कर्जा लगानी १ खर्ब ५३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved