नवनिर्वाचित सांसदहरूलाई शपथका लागि संसद भवनमा तयारी

नेपालभ्युज

नवनिर्वाचित सांसदहरूलाई शपथका लागि संसद भवनमा तयारी

काठमाडौं। संघीय सचिवालयले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहण समारोहका लागि तयारी सुरु गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा भौतिक व्यवस्थापनको काम भइरहेको संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

नवनिर्वाचित २७५ सांसदलाई शपथ गराउनका लागि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति भवनमा शपथका लागि पठाइएको छ । बिहीबार दिउँसो १ बजे हुने शपथका बेला स्वदेशी तथा विदेशी पाहुनाहरुलाई पनि आमन्त्रण गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

यस्तै सांसदहरुलाई आकस्मिक उपचार सेवाको पनि व्यवस्था गरिएको संघीय संसदका चिकित्सक डा.पुष्प रिजालले जानकारी दिए । प्राथमिक उपचारको व्यवस्था, मेडिकल एक्सपोर्ट टिम को को राख्ने भन्ने तयारी भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved