सलाम एयरद्वारा विभिन्न विधामा ट्राभल एजेन्सीहरू सम्मानित

नेपालभ्युज

सलाम एयरद्वारा विभिन्न विधामा ट्राभल एजेन्सीहरू सम्मानित

काठमाडौं। सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरूलाई सम्मान गरेको छ। सलामले सन् २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरूलाई सम्मान गरेको हो।

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यमा सिजनल सेवा पुर्‍याउँदै आएको छ। नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ।

हालै काठमाडौंस्थित एलफ्ट होटेलमा आयोजित एक विशेष कार्यक्रमबीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशील ट्राभल्स एजेन्सीहरूलाई विभिन्न विद्यामा सम्मानित गरेको हो।

विभिन्न विद्याअन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन्।

त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रिब्युटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएको छ। हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रिब्युटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि र राइजिङ स्टारअन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मानि भएका छन्।

सोही अवसरमा सलाम एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंमा सञ्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरूका लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाद्य सामग्री तथा लत्ताकपडा वितरण पनि गरेको छ।

सलाम एयरलाइन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेसनल ट्राभल्स प्रालिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरूले विजेता ट्राभल्सहरूलाई बधाइ दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए।

आईएमई इन्टरनेसनल ट्राभल्स आइएमई ग्रुपद्वारा सञ्चालित ग्रुपको एक भगिनी संस्था हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved