कांग्रेसलाई आन्तरिक रूपान्तरणमा लैजानुपर्छ : महामन्त्री शर्मा

नेपालभ्युज

कांग्रेसलाई आन्तरिक रूपान्तरणमा लैजानुपर्छ : महामन्त्री शर्मा
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोचबमोजिम कांग्रेसलाई आन्तरिक रूपान्तरणको दिशा लैजानुपर्ने बताएका छन्। मंगलबार काठमाडौंको एक होटलमा संस्थापन इतर समूहको बैठकमा पुगेका महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

बदलिएको समय, बदलिएको सोचबमोजिम कांग्रेसलाई आन्तरिक रूपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रूपमा रहेको बताउँदै उनले शेखर कोइरालाले युवामा सत्ता पुस्तान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेताको रूपमा प्रस्ताव गर्नु गर्वको विषय भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले बदलिएको समय, बदलिएको सोचबमोजिम कांग्रेसलाई आन्तरिक रूपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रूपमा महशुस गरेको छु । संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुन्छ नै । यसमा महत्त्वपूर्ण भूमिका डा. शेखर कोइरालाले निभाउनुभएको छ । उनले जुन प्रस्ताव पछिल्लो पुस्तालाई गर्नुभएको छ । आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्नुहुनेछ । वैकल्पिक नामलाई प्रस्ताव गर्नुहुनेछ । त्यसले राम्रो सन्देश दिन्छ । लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्नेछ ।’

महामन्त्री शर्माले लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved