काठमाडौं नाइट्सका खेलाडी सार्वजनिक

नाइट्सको मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल रहेका छन्। अन्तर्राष्ट्रिय खेलाडीमा भने रायन बर्ल, अजमातुल्लान ओमरजाई, एलेक्स ब्लेक र विरनदीप सिंह रहृेका छन्।

नेपालभ्युज

काठमाडौं नाइट्सका खेलाडी सार्वजनिक

काठमाडौं। नेपाल टी–२० लिग क्रिकेटमा सहभागी हुन सहभागी टोली काठमाडौं नाइट्सले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ । काठमाडौं नाइटले मङ्गलबार आफ्नो खेलाडी सार्वजनिक गरेको हो।

नाइट्सको मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल रहेका छन्। मल्लसँगै टोली अनिल खरेल, गौतम केसी, कमल सिंह ऐरी, बसिर अहमद, अविनाश बोहोरा, सन्दीप रजाली, सन्तोष कार्की, सौरश खनाल, लोकेश बम, र सुनम गौतम रहेका छन्।

अन्तर्राष्ट्रिय खेलाडीमा भने रायन बर्ल, अजमातुल्लान ओमरजाई, एलेक्स ब्लेक र विरनदीप सिंह रहृेका छन्।

शुक्रबार हुने उद्घाटन खेलमा नाइट्स र पोखरा एभेन्जर्स भिड्दैछन्। पहिलो संस्करणको लिगमा नाइट्स र एभेन्जर्ससँगै फारवेस्ट युनाइटेड, लुम्बिनी अलस्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्स गरी कुल ६ टोलीको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved