विवाद बाहिर आउनसक्ने भन्दै रविको पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न रोक

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ। थप विवाद बाहिर नआओस् भनेर मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ।

नेपालभ्युज

विवाद बाहिर आउनसक्ने भन्दै रविको पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न रोक

काठमाडौं। हालै सम्पन्न निर्वाचनमा उल्लेख्य जनमतसहित संसदमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूलाई सार्वजनिक रूपमा बोल्न प्रतिबन्ध लगाइएको छ। समानुपातिक सांसद चयनमा नेतृत्वले पूर्वाग्रह राखेर आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै विवादमा आएको सो पार्टीमा असन्तुष्टिलगायत अरू विषय बोल्न निषेध गरिएको हो।

सांसद पदको शपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यमलगायत सार्वजनिक रूपमा अभिव्यक्तिमा पार्टीले प्रतिबन्ध लगाएको हो।

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ। थप विवाद बाहिर नआओस् भनेर मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ।

सांसदहरूका पछिल्ला अन्तर्वार्ता कन्ट्रोभर्सी (विवाद) भएपछि सभापति रवि लामिछानेले नबोल्न निर्देशन दिएका हुन्। एक नेताले भने, ‘‘मिडियामा अन्तरवार्ता दिन गएपछि धेरै प्रश्नहरू आउँछन्। पार्टीको नीति बिचार स्पष्ट छैन। सभापतिकै नागरिकता र पासपोर्ट विवाद छ। यसबारेका बहस गर्दा थप विवाद आइलाग्ने भएकाले मिडियामा नजाने भन्ने सर्कुलर आएको छ।’’

संघीय संसद्को चौथो शक्तिका रूपमा उदाएको रास्वपाका २० जना सांसद छन्। उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा भनेको हो। पार्टीको नीति बिचार सबन्धमा सांसदहरूले आफूअनुकुलको विचारबारे व्याख्या गरिरहेकाले अहिले नै दुई धार देखा परिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved