एउटा दलको अध्यक्ष अर्को पार्टीको उम्मेदवार बन्नु नैतिकताको विषय हो : आयोग

नेपालभ्युज

एउटा दलको अध्यक्ष अर्को पार्टीको उम्मेदवार बन्नु नैतिकताको विषय हो : आयोग

काठमाडौं। निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को पार्टीको उम्मेदवार बन्नु नैतिक विषय भएको जनाएको छ ।

निर्वाचन आयोगमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारे ।

उनले निर्वाचन परिणामको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष बुझाउने तयारी भइरहेको समेत जानकारी दिए ।  यस्तै, प्रदेशको निर्वाचन परिणाम पुस दुई गते सातवटै प्रदेशका प्रमुखहरूलाई बुझाउने तयारी भएको उनले जानकारी दिए ।

यो निर्वाचनमा देखिएको समस्या समाधान गर्न आयोगले निर्वाचन कानुनसमेत संशोधन गर्न लागेको उनले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved