रेशमलाई निशर्त छाड्नु पर्छ, अफताबसँग जोड्नु हुँदैन : शान्ता चौधरी

नेपालभ्युज

रेशमलाई निशर्त छाड्नु पर्छ, अफताबसँग जोड्नु हुँदैन : शान्ता चौधरी

काठमाडौं ।  नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई निर्शत छाड्न माग गरेकी छन् । मंगलबार सामाजिक संजालमा सन्देश लेख्दै शान्ताले रेशमलाई अफताब आलमसँग जोड्न नहुने धारणा राखेकी हुन् ।

‘रेशम चौधरीको बहानामा अफताब आलम पनि सँगै छुटाउन चाहन्छ देउवा सरकार ! रेशम चौधरीलाई निसर्त छोड्नु पर्छ, रेशम चौधरीलाई अफताब आलम सँग जोडनु हुँदैन !’ उनले शान्ताले फेसबुकमा  लेखेकी छन्।

रेशम चौधरीको बाहानामा सरकारले कांग्रेस नेता अफताब आलमलाई पनि सँगै छुटाउन चाहेको उनको आरोप छ  ।

कांग्रेस नेता आलम ‘इँटा भट्टामा जिउँदै मान्छे पोलेको’ अभियोगमा र रेशम चौधरी कैलालीको टिकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा  जेलमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved