कञ्चनपुरमा ९ कक्षामा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

नेपालभ्युज

कञ्चनपुरमा ९ कक्षामा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरूसहित थप केही अपरिचित व्यक्तिहरूले समेत पटक–पटक जबरजस्ती करणी गरेको किशोरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved