नेपाल तेक्वान्दो संघ बागमती प्रदेशद्वारा निर्वाचित जनप्रतिनिधिलाई सम्मान

नेपालभ्युज

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशद्वारा निर्वाचित जनप्रतिनिधिलाई सम्मान

काठमाडौं। नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरूलाई सम्मानसहित बधाई दिएको छ।

पाटन ढोकास्थित पाटन माध्यामिक विद्यालयमा जारी तीनदिने ग्रेडिङ कार्यक्रमबीच संघले निर्वाचित सदस्यहरूलाई सम्मान गरेको हो। बागमती प्रदेशमा तेक्वान्दोको विकास तथा प्रवर्द्धनका लागि जनप्रतिनिधिबाट आवश्यक भएको साथ र सहयोगलाई दर्शाउँदै संघले कार्यक्रम आयोजना गरेको हो।

बागमती तेक्वान्दो प्रदेशका अध्यक्ष केशव पुरीले भने, ‘१३औँ साग गेम्समा नेपालको लागि तेक्वान्दोले १२ वटा स्वर्ण पदक जितेको थियो। अहिले तेक्वान्दोले पाउनुपर्ने सहयोग पाइरहेको छैन। सम्भावना भएको खेललाई पछाडि पार्ने काम भइरहेको छ।’

अध्यक्ष पुरीले बागमती प्रदेशलाई नर्वौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन नदिएको गुनासो पनि व्यक्त गरे। उनले खेल र खेलाडी पार्टीको होइन राष्ट्रको भएको तथ्य सबैले बुझ्न आवश्यक भएको पनि प्रस्ट्याए।

 

यस्तै, नवनिर्वाचित सांसद विराजभक्त श्रेष्ठले यो बेला भनेको बोलेर नभई तेक्वान्दो तथा खेलकुद क्षेत्रको विकासको लागि केही गरेर देखाउनुपर्ने बेला भएको बताए।

बागमती प्रदेश सांसद मीन कृष्ण महर्जनले भने खेलकुद क्षेत्रमा दक्ष्य जनशक्तिलाई प्रोत्साहनको कमी भएको उल्लेख गरे।

उनले खेलकुदको अवस्थाबारे टिपणी गर्दै भने, ‘सबै क्षेत्रमा कर्मचारी माग गरिरहेको हुन्छ । तर, खेलकुद क्षेत्रमा भने कर्मचारी माग गरेको नै छैन। १३औँ साग गेम्सको स्वर्ण विजेता खेलाडी म्यादी प्रहारीमा जागिर खानु पर्ने अवस्था छ। खेलकुद नबुझेको मान्छे ठाँउमा पुगेपछि यस्तै हुने गर्दछ । यसकारण पनि खेलाडी, खेलकुद बुझेको मानिस नै निर्वाचित हुनु आवश्यक छ।’

सांसद महर्जनले खेलकुद विज्ञ र खेलमा नै भिजेको जिम्मेवार व्यक्तित्वहरूसँग परामर्श लिएर खेल क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा तेक्वान्दो संघका पदाधिकारीलगायत विभिन्न खेल र राजनीति क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved