दिल्ली नगर निगममा आम आदमी पार्टीको जित

यसअघि दिल्ली विधानसभामा भारी बहुमत ल्याएको आपले नगर निगममा भने भाजपालाई हराउन सकेको थिएन ।

नेपालभ्युज

दिल्ली नगर निगममा आम आदमी पार्टीको जित

काठमाडौं । भारतको राजधानी समेत रहेको दिल्ली नगर निगममा आम आदमी पार्टी आपले बहुमत ल्याएको छ । १५ वर्षदेखि भारतीय जनता पार्टीको कब्जामा रहेको दिल्ली नगर निगममा यसपटक आपले झाडु लगाएको हो ।

दिल्लीका २५० वार्डमध्ये आपले १३४ जितेको छ । यसअघि सत्तामा रहेको भारतीय जनता पार्टी १०४ वार्डमा सीमित भएको छ । कांग्रेसले जम्मा ९ वार्ड जितेको छ । २०१७ को चुनावमा भाजपाले १६३ र आपले ५१ वार्ड जितेका थिए ।

दिल्ली नगर निगममा बहुमत वार्ड जित्ने दलबाट मेयर चुनिने प्रावधान छ । यसका आधारमा अब दिल्लीको मेयर पनि आपबाट हुनेछन् ।

यसअघि दिल्ली विधानसभामा भारी बहुमत ल्याएको आपले नगर निगममा भने भाजपालाई हराउन सकेको थिएन । त्यसैले यसलाई आपले ऐतिहासिक नतिजा भनेको छ । नगर निगमको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका सबै ठुला नेता र सातजना मुख्यमन्त्री समेत होमिएका थिए ।

त्यसका बाबजुद पनि आपले बहुमत ल्याउनुलाई प्रधानमन्त्री मोदीको हारका रुपमा ब्याख्या गरिएको छ । दिल्लीका मुख्यमन्त्री समेत रहेका आपका प्रमुख अरविन्द केजरीवालले भाजपाको कुशासनबाट दिल्लीका जनतालाई मुक्त गराउने भन्दै प्रचार सुरु गरेका थिए ।

यस्तै गुजरात र हिमाञ्चल प्रदेशमा भएको विधानसभा चुनावको नतिजा भने भोलि आउँदैछ । एक्जिट पोलले गुजरातमा भाजपाकै सरकार बन्ने देखाएको छ । हिमाञ्जलमा भने भाजपाको सरकार ढालेर कांग्रेसले सरकार बनाउने सम्भावना पोलमा देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved