पोर्चुगल र स्विट्जरल्यान्ड : म्याच प्रि–भ्यु

नेपालभ्युज

पोर्चुगल र स्विट्जरल्यान्ड : म्याच प्रि–भ्यु

काठमाडौं। विश्वकप फुटबलमा आज मंगलबार पोर्चुगल र स्विट्जरल्यान्ड भिड्दै छन्। कतारको लुसेस स्टेडियममा हुने खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड नेपाली समय अनुसार राति पौने १ बजे आमने सामने हुनेछन्।समूह ‘एच’को विजेताको रूपमा पोर्चुगलले नकआउट चरणमा स्थान पक्का गरेको हो। स्विट्जरल्यान्ड भने समूह ‘जी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। ।

पोर्चुगल र स्विट्जरल्यान्ड बीच कुल ५ प्रतिस्पर्धा भएका छन्। जसमध्ये पोर्चुगलले ३ र स्विट्जरल्यान्डले २ खेल जितेका छन्। यस वर्ष मात्र पोर्चुगल र स्विट्जरल्यान्डबीच २ खेल भए। जसमध्ये १ खेलमा पोर्चुगलले जित निकाल्दा स्विट्जरल्यान्डले १ खेल आफ्नो पक्षमा गरेको थियो।

सन् २०२२ को जुनमा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ४–० ले पराजित गरेको थियो। सोही खेलको एक हप्तापश्चात् भएको खेलमा स्विट्जरल्यान्डले १–० ले जित निकालेको थियो।

पोर्चुगल अन्तिम १६ मा फेवरेट टोलीको रूपमा प्रवेश गरेता पनि स्विट्जरल्यान्ड भने कडा चुनौती दिन तयार देखिन्छ। समूह चरणमा स्विट्जरल्यान्डले ब्राजिल र क्यामेरुनविरुद्धको खेलमा राम्रो रणनीति अपनाएको थियो।

उरुग्वेविरुद्धको खेलमा २ गोल गरेका ब्रुनो फर्नान्डेजले आजको खेलमा पनि पोर्चुगलको लागि महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले पनि पोर्चुगलको फर्वार्ड लाइनअप बलियो देखिन्छ ।

यता स्विट्जरल्यान्ड टोलीमा भने जेरदान शाकिरी र ब्रेल एम्बोलोले आफ्नो तीव्र गतिलाई निरन्तरता दिने देखिन्छन्। जसको लागि पोर्चुगलका पेपे तयार रहेका छन्। घाइते भएका डिफेन्डर डानिलो परेराको अभाव भने पोर्चुगलले पक्कै महशुस गर्नेछ ।

यस खेलको विजेताले क्वार्टरफाइनलमा मोरोक्को र स्पेनमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved