महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर, किमोथेरापीले काम गर्न छोड्यो

नेपालभ्युज

महान फुटबलर पेलेको स्वास्थ्य अवस्था  गम्भीर, किमोथेरापीले काम गर्न छोड्यो

काठमाडौं ।  ब्राजिलीयन महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका पेले आन्द्राको क्यान्सरबाट पीडित छन् ।

पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेको  ब्राजिलीयन संचार माध्यमहरुले जनाएका छन् ।

गत साता अस्पताल भर्ना भएका  उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको बताइएको छ।

इतिहासकै उत्कृष्ट फुटबलर मानिएका उनले ब्राजिललाई सन् १९५८, १०६२ र १९७० को विश्वकप  जिताएका थिए  ।

उनले बिहीबार इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रसंसकलाई धन्यवाद दिएका थिए ।

पेलेको स्वास्थ्य अवस्था  गम्भीर हुँदै जाँदा समाजिक संजालमा  उनको स्वास्थ्यलाभको कामना गर्दै विश्वभरका खेलाडी र प्रसंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved