रुससँगको युद्धमा १ लाख युक्रेनी सैनिक मारिएको ईयूको दाबी, १३ हजारको मात्रै मृत्यु भएको युक्रेनको तर्क

नेपालभ्युज

रुससँगको युद्धमा १ लाख युक्रेनी सैनिक मारिएको ईयूको दाबी, १३ हजारको मात्रै मृत्यु भएको युक्रेनको तर्क

लण्डन। युरोपेली युनियन ईयूले रुससँगको युद्धका क्रममा १ लाख जना युक्रेनी सैनिकको मृत्यु भएको बताएको छ । बुधवार एक भिडियो सम्बोधनमा आयोग प्रमुख उर्सुला भोन डर लेयनले १ लाख युक्रेनी सेना मारिएको बताएकी थिइन् ।। यद्यपि आयोगका प्रवक्ताले पछि स्पष्ट गरे कि यो भनाई गल्ती थियो ।

रुसको आक्रमण सुरु भएदेखि हालसम्म १३ हजार युक्रेनी सैनिक मारिएका एक वरिष्ठ अधिकारीले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले १० हजार देखि १३ हजार सैनिकको मृत्यु भएको दाबी गरेका छन् । युक्रेनले युद्धमा सेनाको हताहतको तथ्याङ्क दिनुलाई दुर्लभ मानिन्छ  ।

गत महिना सबैभन्दा वरिष्ठ अमेरिकी जनरल मार्क मिलेले युद्ध सुरु भएयता करिब १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएको बताएका थिए ।

उनले मारिएका सर्वसाधारणको संख्या ‘महत्वपूर्ण’ हुनसक्ने बताए । बीबीसीले गएको जुनसम्म करिब ३६ सय  नागरिकको मृत्यु भएको पहिचान गरेको थियो। अहिले यो संख्या धेरै बढ्ने सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved