प्रतिनिधिसभाका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद् सचिवालय

नेपालभ्युज

प्रतिनिधिसभाका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद् सचिवालय

काठमाडौं। संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ । मंसिर ४ गते भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ ।

निर्वाचन परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरूको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ । मत परिणाम अन्तिम चरणमा पुगेसँगै आम मानिसमा संघीय संसदमा दर्ता भएका विधेयकहरू अब के होलान् ? भन्ने चासो र चिन्ता छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधिन अवस्थामा रहेको बताए । प्रक्रियागत रूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू समेत निस्क्रिय भइसकेको बताउँदै उनले  राष्ट्रिय सभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन शुरु भएपछि सोही अवस्थाबाट शुरु हुने बताए ।

सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रिय सभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधि सभाबाट आए प्रतिनिधि सभाबाट नै अघि बढ्ने प्रावधान रहेको पनि बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved