विश्वकप फुटबल : पोर्चुगलको विजयी सुरुवात

नेपालभ्युज

विश्वकप फुटबल : पोर्चुगलको विजयी सुरुवात
फाइल तश्वीर

काठमाडौं। विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ।

कतारको स्टेडियम ९७४ मा बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। यससँगै ३ अङ्क जोडेको पोर्चुगल समूह एचको शीर्ष स्थानमा छ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो खेलमा भने दुवै टोलीले गोल गर्न सफल भए। खेल ९० मिनेटमा आइपुग्दा मैदानमा खेलाडीबीच विवाद हुँदा तनावपूर्ण परिस्थिति पनि उत्पन्न भएको थियो।

पोर्चुगलको लागि क्रिस्टियानो रोनाल्डो जोआओ फेलिक्स र राफेल लिओले गोल गरे। घानाको लागि भने आन्ड्री र ओस्मान बुकारीले गोल फर्काए।

खेलको ६५ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ७३ औँ मिनेटमा एन्ड्रीको गोलले खेल १–१ को बराबरीमा पुग्यो।

७८ औँ मिनेटमा जोआओ फेलिक्सले पोर्चुगलको लागि दोस्रो गोल गरे। पोचूृगलको लाग ८० औँ मिनेटमा राफेल लिओले तेस्रो गोल गरे। ८९ औँ मिनेटमा घानाको लागि बुकारीले अर्को गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved