महोत्तरी-३ मा महन्थ ठाकुर ८८ मतले मात्रै अगाडि

नेपालभ्युज

महोत्तरी-३ मा महन्थ ठाकुर ८८ मतले मात्रै अगाडि

महोत्तरी। महोत्तरी-३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का नेता हरिनारायण यादवबीच रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार लोसपाका अध्यक्ष ठाकुरले झिनो मतले अग्रता लिएका छन् ।

जसपाका नेता यादव झिनो मतले पछि परेका छन् । ठाकुरको मत ७ हजार ४ सय ७२ छ भने यादवको मत ७ हजार ५ सय ६० छ । ८८ मतले मात्रै ठाकुरले अग्रता लिएका छन् ।

गणना सुरु भएदेखि नै अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार रामाअधार कापर पनि ठाकुर र यादवसँगै प्रतिस्पर्धामा छन् । कापरले ७ हजार ३६ मतसँगै पछ्याइरहेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved