विश्वकप फुटबल : क्रोएसिया र मोरक्कोबीचको पहिलो हाफ बराबरी

नेपालभ्युज

विश्वकप फुटबल : क्रोएसिया र मोरक्कोबीचको पहिलो हाफ बराबरी

काठमाडौं। विश्वकप फुटबलमा उपविजेता क्रोएसिया र मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

कतारको अल बेत रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

मोरक्को र क्रोएसिया सुखद सुरुवातको खोजीमा रहेका छन्।

खेलको १६ औँ मिनेटमा मोरोक्कोले राम्रो अवसर गुमायो। मोरक्कोका लागि हकिम जियेचले लिएको फ्रि–किक गोलमा परिणत हृुन सकेन।

खेलको ४० औँ मिनेटमा मोरोक्कोका लागि जियेचले लिएको फ्रि–किकलाई क्रोएसियाले सहजरूपमा क्लियर गर्न सफल भयो।

खेलको इन्ज्युरी समयमा २ राम्रो अवसर गुमायो। लुका मोड्रिचको पहिलो प्रयासलाई गोलरक्षकले सहजै रोके। मोड्रिचले प्रहार गरेको बल क्रसबारमाथिबाट गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved