हुम्लाको ३४ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमा ल्याउने तयारी

नेपालभ्युज

हुम्लाको ३४ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरमा ल्याउने तयारी

सुर्खेत । हुम्लाको मतगणना अझै सुचारु हुन सकेको छैन । ३४ मतदान केन्द्रका मतपेटिका सदरमुकामस्थित गणनास्थलमा पुर्‍याउन नसक्दा मतगणना अनिश्चित बनेको हो ।

प्रदेशसभा ‘ख’ का २५ मतदान केन्द्र र प्रदेशसभा‘क’ का ९ वटा मतदान केन्द्रका गरी ३४ मतदान केन्द्रका मतपेटिका सदरमुकाम आइपुगेको छैन । हेलिकोप्टरबाट ल्याउने भनिए पनि अहिलेसम्म मतपेटिका नआउँदा मतगणनामा ढिलाइ भएको छ।

केही बेरमा हेलिकोप्टरबाट मतपेटिका ल्याउन लागिएको हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । नाम्खा गाउँपालिका–६ स्थित लिमिका तीन मतदान केन्द्रको मतपेटिका पनि हेलिकोप्टरबाट ल्याइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved