नवलपरासी-१ मा विनोद र हृदयेशलाई पछि पार्दै रास्वपाका उम्मेदवार ठकुरी अगाडि

नेपालभ्युज

नवलपरासी-१ मा विनोद र हृदयेशलाई पछि पार्दै रास्वपाका उम्मेदवार ठकुरी अगाडि

काठमाडौं। पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसका विनोद चौधरी र नेकपा एमालेको समर्थनमा निर्वाचन लडेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार महेन्द्र सेन ठकुरीले अग्रता लिएका हुन् ।

स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले तीन हजार नौ सय ५९ मत प्राप्त गरेका छन् भने चौधरीले तीन हजार ८ सय ७० र त्रिपाठीले दुई हजार नौ सय ४१ मत प्राप्त गरेका छन् । त्यसैगरी, राप्रपाका भोजराज ढकालले ६ सय ६४ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved