विश्वकप फुटबल : यादगार कमब्याकको खोजीमा अमेरिका र वेल्स

नेपालभ्युज

विश्वकप फुटबल : यादगार कमब्याकको खोजीमा अमेरिका र वेल्स

काठमाडौं। फिफा विश्वकपको दोस्रो दिन समूह ‘बी’मा अमेरिका र वेल्स भिड्दै छन्। अहमद बिन अली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे आमने सामने हुनेछन्।

अमेरिका र वेल्स विश्वकपमा यादगार कमब्याकको गर्ने योजनामा रहेका छन्। अमेरिका ८ वर्षपश्चात विश्वकपमा पुगेको हो। सन् २०१८ मा रुसमा आयोजना भएको विश्वकपमा अमेरिका छनोट हुने सकेन।

विश्वकप छनोटमा असफल भएसँगै अमेरिकी फुटबल टोलीमा आमुल परिवर्तन आयो। यसपश्चात युवा तथा क्षमतावान खेलाडीको उपस्थितिमा अमेरिका टोली उच्च मनोबलका साथ कोनाकाफ छनोटमा सहभागी भएको थियो। सोही ऊर्जाको साथ अमेरिकी टोली दोहामा पनि पुगेका छन्।

क्रिश्चियन पुलिसिक उत्तर अमेरिकाको इतिहासकै महङ्गो र क्षमतावान फुटबलर हुन्। विश्वकपका लागि २३ वर्षीय टायलर एडम्स् अमेरिकाका कप्तानमा नियुक्त भएका छन् । लिड्स युनाइटेडका मिडफिल्डर पनि रहेका एडम्स् सन् १९५० को विश्वकपपश्चात् अमेरिकाको नेतृत्व गर्ने सबैभन्दा कान्छो कप्तान पनि हुन्।

अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको टोली वेल्सलाई कडा चुनौती दिने योजनामा रहेका छन्। विश्वकप छनोटमा अमेरिकी टोली अविजित रहँदै कतार पुगेको हो।

वेल्सले भने ६४ वर्षपश्चात विश्वकपमा पुनारागमन गर्दैछ । यसअघि, वेल्सले सन् १९५८ मा उपस्थिति जनाएको थियो। ग्यारेथ बेलको नेतृत्वमा प्लेअफमा युक्रेनलाई पराजित गरेर समुहमा दोस्रो हुँदै वेल्स कतार पुगेको हो।

बेलको गणना तीव्र गति तथा क्षमतावान फुटबलरहरूको सूचीमा हुने गर्दछ। लस एन्जल्सका विङ्गर बेलले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग जिताउन पनि भूमिका खेलेका थिए। इङ्लिश प्रिमियर लिग क्लब टोटेनहम हटस्परका लागि पनि बेलले ७१ गोल गरेका थिए।

बेलसँगै आरोन रामसे र जी एलेन पनि मिडफिल्डमा पूर्णरूपमा समर्थन दिन तयार रहेका छन्। यी ३ खेलाडीले टोलीको जिम्मेवारी आफ्नो काँधमा नै बोकेको दखिन्छ ।

अमेरिका र वेल्सबीचको खेलले समूह ‘बी’को शीर्ष स्थानमा असर पार्ने देखिन्छ । समूह ‘बी’ मा नै भएको इङ्ल्यान्ड र इरानबीचको खेल पौने ७ मा हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved