चुनावका लागि काठमाडौंबाट गाउँ फर्किनेको भीड

नेपालभ्युज

चुनावका लागि काठमाडौंबाट गाउँ फर्किनेको भीड

काठमाडौं। नजिकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न गाउँ फर्किनेहरूको चहलपहल बढेको छ । अघिल्ला दिनको तुलनामा काठमाडौंबाट बाहिरिने यात्रुहरूको संख्या केही बढेको देखिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरूको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरूले भोट हाल्नका लागि आफ्ना समर्थकहरूलाई गाउँ ओसार्न निःशुल्क गाडीको व्यवस्था नै गरेका छन् ।

ती गाडीहरूमा दलका झण्डा र चुनाव चिह्न राखिएका छन् । एक जना कार्यकर्ताले सबैको नाम ठेगाना टिपेर काठमाडौंबाट गाउँ पठाइएको बताए ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले कोटेश्वर, बालाजु र कलंकी क्षेत्रमा घर फर्किन चाहनेहरूको भिड देखिएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ६४० जना यात्रु भित्रिंदा ५८ हजार २९४ बाहिरिएको रेकर्ड रहेको जानकारी पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved