निर्णायक खेलमा युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य

नेपालभ्युज

निर्णायक खेलमा युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं।  युएईविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ९ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

९३ रनमा ९ विकेट गुमाएको युएईका लागि अन्तिममा आएका दुई ब्याट्स्म्यानले ८४ रनको साझेदारी गरेर सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । अन्तिम क्रमका अफजल खानले अविजित ५४ र हजरत बिलालले २० रन बनाए।

त्यसअघि टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । सुरुवातबाटै विकेट झार्न थालेको नेपालले एक समय युएईलाई १ सय रनभित्रै रोक्न सक्ने सम्भावना देखिएको थियो । तर खान र बिलालले नेपाललाई निरास पारे ।

त्यसवाहेक अलिशान शराफुले ३३ र रोहन मुस्तफाले २४ रनको योगदान गरे । ।

नेपालका लागि कुशल भुर्तेल, गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले २–२ तथा ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए।

आजको खेल जित्न सके नेपालले सिरिज जित्नेछ । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved