ग्लोबल आईएमई बैंकले हुन्डाईका बिजुली गाडी खरिदमा सहज रुपमा कर्जा दिने

नेपालभ्युज

ग्लोबल आईएमई बैंकले हुन्डाईका बिजुली गाडी खरिदमा सहज रुपमा कर्जा दिने

काठमाडौँ । ग्लोबल आईएमई बैंकले हुन्डाईका बिजुली गाडी खरिद गर्दा सहज रुपमा कर्जा प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बैंक र हुन्डाईको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी अनुसार हुन्डाईका बिजुली गाडी किन्नेले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

यो सुविधा ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छन् ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवाल, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का जनरल म्यानेजर दिपक थपलिया लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved