नेपालगञ्जमा बम बनाउने क्रममा पड्किँदा विप्लव समूहका दुईजना गम्भीर घाइते

नेपालभ्युज

नेपालगञ्जमा बम बनाउने क्रममा पड्किँदा विप्लव समूहका दुईजना गम्भीर घाइते

नेपालगञ्ज।  नेपालगञ्जको भृकुटी नगरमा प्रेसरकुकर बम बनाउँदै गर्दा विस्फोट भएको छ । बम बनाउँदै गरेको अवस्थामा विस्फोट हुँदा विप्लव नेकपाका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार विस्फोटका बेला विप्लवका कार्यकर्ता बम बनाउँदै थिए । गम्भीर घाइते उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

बम विस्फोटबाट घाइते भएका दुवैलाई स्थानीय युवाले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएका थिए । घाइते भएका कार्यकर्ता धर्म बडुवाल र डिल्ली क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

विप्लवमा समूहका कार्यकर्ता भृकुटीनगरस्थित श्रीकला मल्लको घरमा डेरा गरेर बस्ने गरेका थिए । उनीहरुको डेरामा खानतलासी गर्दा एउटा प्रेसर कुकर बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

फेला परेको बमलाई डिस्पोज गर्न नेपाली सेनाको टोली घटना स्थलमा पुगेको छ । विप्लव नेकपाका तीन जना कार्यकर्ता भने भागेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved