नेपाली दर्शकले टेलिभिजनमा विश्वकप फुटबल हेर्न पैसा तिर्नुपर्ने

नेपाली दर्शकले शुल्क बुझाएर फिफा विश्वकप फुटबल हेर्नुपर्ने भएको छ। नेपालमा विश्वकप शुरु हुनु पाँच दिन बाँकी रहँदासम्म रहेको अन्योल सर्वोच्च अदालतले अन्त्य गर्दै देखाउन अनुमति दिएको हो।

नेपालभ्युज

नेपाली दर्शकले टेलिभिजनमा विश्वकप फुटबल हेर्न पैसा तिर्नुपर्ने

काठमाडौं। नेपाली दर्शकले शुल्क बुझाएर फिफा विश्वकप फुटबल हेर्नुपर्ने भएको छ। नेपालमा विश्वकप शुरु हुनु पाँच दिन बाँकी रहँदासम्म रहेको अन्योल सर्वोच्च अदालतले अन्त्य गर्दै देखाउन अनुमति दिएको हो।

बुधवार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। यसअघि अदालतले थप शुल्क लिने भनिएकाले तत्कालको लागि विश्वकप नदेखाउने भनेको थियो।

यसअघिको आदेश खारेज भएसँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन्।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो।

आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो। त्यसैबीचमा अदालतमा रिट परेको थियो ।


Comment

One thought on “नेपाली दर्शकले टेलिभिजनमा विश्वकप फुटबल हेर्न पैसा तिर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved