नेकपा एमाले हरेक नेपालीको मनमा छ : ईश्वर पोखरेल

नेपालभ्युज

नेकपा एमाले हरेक नेपालीको मनमा छ : ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताएका छन्।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचार-प्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका पोखरेलले नेकपा एमाले जनताको काम गरेर नै उचाइमा पुगेको बताएका हुन्। उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूले सकारात्मक प्रतिक्रिया दिइरहेको बताए।

‘नेकपा एमाले जुन ढंगले यो ठाउँमा स्थापित छ, विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसाबले संगठित छ’, उनले भने ‘त्यो उचाइ अरू कसैले प्राप्त गर्न सकेका छैनन्।’

उनले यसपटक मतदाताहरूले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरू नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे। ‘जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया छ। हामीप्रतिको सद्भाव र विश्वास व्यक्त गर्नुभएको छ’ उनले भने, ‘हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौँ।’

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुन्। निर्वाचनको दिन नजिकिएसँगै नेताहरू अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved